प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो दुरुपयोग गर्ने किशोर पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा खिचिएको तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि पीडितको आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका श्रीकृष्ण कार्की रहेका छन् । 

हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १३ मा बस्ने १९ वर्षीय उनलाई साइबर अपराधमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद दिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बिहीबार बताएको छ । 

More From Author

छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ ‘पेटिकोट क्यान्सर’

वर्षात नहुदा कृषक समस्यामा